आर्थिक

डिजिटल कर प्रणालीः व्यवसायीमैत्री कर प्रणाली बनाउने सरकारको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १ गते १८:०५
डिजिटल कर प्रणालीः व्यवसायीमैत्री कर प्रणाली बनाउने सरकारको दाबी (भिडियो रिपोर्टसहित)

१ मंसिर २०७८ काठमाडौं । नेपालको कर प्रणाली अव्यवस्थित र झन्झटिलो भएको गुनासो लामो समयदेखि सेवाग्राहीले गर्दै आएका छन् । यो समस्या हल गर्न डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन लागि परेको सरकारको दाबी छ ।

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दशन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताउनुभयो ।

डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नका लागि सरकार मात्र नभई करदाता र कर प्रशासनसमेतले त्यसको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणलाीलाई व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न लागेको बताउनु भयो । उहाँले कर प्रणालीमा सुधार गर्ने काम सबैको भएकाले यसमा सरोकारवाला निकाय र आम नागरिकहरुले पनि सहयोग गर्नुपर्ने बताउनु भयो ।

सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ। सरकारले आजदेखि एक सातासम्म कर प्रशासन सुधारका लागि एक साता सम्म विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *