खेलकूद

नर्वेलाई हराउँदै नेदरल्याण्ड्स कतार विश्वकपका लागि छनोट

हिमालय टिभी
२०७८ मंसिर १ गते ८:४३
नर्वेलाई हराउँदै नेदरल्याण्ड्स कतार विश्वकपका लागि छनोट

१ मंसिर २०७८ काठमाडौं । नेदरल्याण्ड्स आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोटको समूह जी अन्तर्गत नर्वेलाई २–० ले हराउँदै नेदरल्याण्ड्सले सन् २०२२ विश्वकपमा स्थान पक्का पारेको हो । संघर्पूर्ण खेलमा नेदरल्याण्ड्सले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

उसका लागि ८४औं मिनेटमा स्टीभन वर्गवीन र एञ्जुरी समयमा माम्पिस डिपेले गोल गरे । शीर्ष स्थानमा रहँदै नेदरल्याण्ड्सले १० खेलबाट २३ अंक जोड्यो ।

यही समूहमा टर्कीले मोन्टेनेग्रोमाथि २–१ र लात्भियाले जिब्राल्टरमाथि ३–१ को जित निकाले । यस समूहबाट टर्कीले प्लेअफ खेल्नेछ ।

त्यस्तै समूह ई मा बेल्जियम र वेल्सले १–१ को बराबरी खेल्दा चेक रिपब्लिकले इष्टोनियालाई २–० ले हरायो ।

यस समूहबाट बेल्जियम यसअघि नै विश्वकपमा पुगिसकेको छ भने अब वेल्सले प्लेअफ खेल्नेछ । उता समूह डी मा फ्रान्सले फिनल्याण्डलाई र युक्रेनले बोस्निया हर्जगोभिनालाई समान २० ले हराए ।

यस समूहबाट फ्रान्स यसअघि नै विश्वकप पुगिसकेको टोली हो भने छनोट हुन युक्रेनले प्लेअफ खेल्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्