नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो खेल खेल्दै

१ मंसिर २०७८ काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो ट्वेन्टी–ट्वेन्टी खेल खेल्दैछ ।
कतार भ्रमणमा रहेको नेपालले आज दोस्रो अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी खेल्न लागेको हो । हिजो भएको पहिलो खेलमा नेपाल ११९ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।
आज घरेलु टोलीविरुद्ध नेपाल श्रृंखला कब्जा गर्ने लक्ष्यमा रहनेछ । आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकपका लागि एसिया छनोटको तयारीका क्रममा नेपालले कतारसँग तीन खेलको श्रृंखला खेलिरहेको हो ।
नेपालले यो पहिलो अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी श्रृंखला पनि हो । कतारको दोहास्थित वेष्ट इण्ड पार्क अन्तराष्ट्रिय क्रिकेट रंगशालामा खेल दिउँसो पौने चार बजे शुरु हुनेछ ।
नेपालले भोलि तेस्रो तथा अन्तिम खेल खेल्ने छन् । विश्वकप छनोट यही नोभेम्बर २२ देखि २८ तारिखसम्म दुबईमा आयोजना हुनेछ । विश्वकप छनोट खेल्न नेपाली टोली शुक्रबार कतारबाटै दुबई प्रस्थान गर्नेछ ।
प्रतिक्रिया