इंग्ल्याण्ड र स्वीटजरल्याण्ड कतार विश्वकपका लागि छनोट

३० कात्तिक २०७८ काठमाडौं । इंग्ल्याण्ड र स्वीटजरल्याण्ड अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा छनोट भएका छन् ।
युरोपियन छनोटको समूह आई अन्तर्गत सान मारिनोमाथि १०–० गोलको फराकिलो नतिजासहित इंग्ल्याण्डले विश्वकपमा स्थान सुरक्षित पारेको हो । इंग्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे ।
अघिल्लो खेलमा मात्रै उनले अल्बानियाविरुद्ध पनि ह्याट्रिक गरेका थिए । ह्यारी मागुइरीले छैठौं मिनेटमै इंग्ल्याण्ड अग्रता दिलाए ।
लगत्तै १५औं मिनेटमा फिलिपो फाबरीको आत्मघाती गोलसँगै इंग्ल्याण्डको अग्रता दोब्बर भयो । केनले २७औं, ३१औं, ३९औं र ४२औं मिनेटमा गोल गर्दै ह्याट्रिकसहित चार गोल थपे ।
यससँगै केन एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले १३ गोल गरिसकेका छन् । उस्तै देशका लागि उनले ४८ गोल गरिसकेका छन् । उनी भन्दा अघि बढी गोल गर्नेमा सर बबी र वायन रुनी छन् ।
त्यसपछि इंग्ल्याण्डका लागि ५८औं मिनेटमा एमी स्मिथ रो, ३९ औं मिनेटमा टायरो मिंग्स, ७८औं मिनेटमा टामी अब्राहम र ७९औं मिनेटमा साकाले गोल थपेका थिए । यही समूहको अर्को खेलमा अल्बानियाले एण्डोरालाई १–० र हंगेलरीले पोल्याण्डलाई २–१ ले हराए ।
शीर्ष स्थानमा रहँदै इंग्ल्याण्डले १० खेलबाट २६ अंक जोड्यो । यस समूहबाट दोस्रो स्थानको पोल्याण्डले प्लेअफ खेल्नेछ ।
उता समूह सी मा बुल्गेरियालाई ४–० ले हराएको स्विटजरल्याण्ड पनि विश्वकमा पुगेको छ । यही समूहमा इटाली र नर्दन आयरल्याण्ड गोलरहित बराबरीमा रोकिए । यस समूहबाट इटालीले प्लेअफ खेल्नेछ ।
त्यस्तै समूह एफ बाट यहीअघि नै विश्वकमा पुगेको डेनमार्कलाई स्कटल्याण्डले २–० ले हरायो । यस्तै अष्ट्रियाले माल्डोभामाथि ४–१ र इजरायलले फारोइ आयरल्याण्ड्सलाई ३२ ले हरायो । यस समूहबाट स्कटल्याण्डले प्लेअफ खेल्नेछ ।
प्रतिक्रिया