समाज

पाल्पाका किसान परम्परागत शैलीमा धान भित्राउँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १८:५०
पाल्पाका किसान परम्परागत शैलीमा धान भित्राउँदै (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७८ पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रमा यतिबेला परम्परागत शैलीमा धानबाली स्याहार्ने चटारो शुरु भएको छ ।

अहिले बेमौसमी वर्षाबाट जोगिएको धानबाली स्याहार्न खेतमा किसान व्यस्त छन् । धानबाली भित्राउन अर्मपर्ममा मात्रै सीमित हुनुपर्दा किसानलाई समस्या भएको छ ।

पाल्पाको तानसेन नगरपालिका अर्गलीकी विमला सुनारले वर्षाका कारण धानबालीमा क्षति पुगे पनि बाँकी रहेको बाली भित्र्याउन थाल्नुभएको छ ।

चार रोपनी खेतमा धान बाली लगाएकी विमलालाई अहिले धान काट्न, सुकाउन, पराल र धान छुटाउनु पर्ने छ । अर्मपर्म गरेर नै घरमा धान भित्राउने विमलाको तयारी छ ।

कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य छ । तर, सरकारको लक्ष्य अनुसार पाल्पाका ग्रामीण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग हुन सकेको छैन । त्यसले किसानहरु परम्परागत शैलीमा काम गर्न बाध्य छन् ।

तर गाउँपालिका भने आधुनिक खेतीबाली गर्नको लागि विभिन्न प्रविधि, बीउविजन लगायतका क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्दै आएको बताउँछ ।

अहिले गाउँठाउँमा जनशक्तिको अभाव छ । यस्तो अवस्थामा धेरै पैसा दिएर खेती गर्नूपर्दा किसानलाई आर्थिक भार समेत पर्ने समेत पर्ने गरेको छ । त्यसैले पाल्पा तानसेनका किसान आधुनिक प्रविधीको प्रयोग गरी कम पैसा र कम समयमा खेति गर्न चाहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *