खेलकूद

वर्गीकरणप्रति असन्तुष्टि जनाउने क्रिकेट खेलाडीहरुलाई क्यानले सोध्यो स्पष्टीकरण

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १५:१२
वर्गीकरणप्रति असन्तुष्टि जनाउने क्रिकेट खेलाडीहरुलाई क्यानले सोध्यो स्पष्टीकरण

२९ कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीमा आवद्ध खेलाडी वर्गीकरणप्रति असन्तृष्टि जनाएका खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टिकरण सोधेको छ ।

क्यानले आज कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई पर्सि बुधबारसम्ममा लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएको हो । क्यानले स्पष्टीकरण माग गरेकामा कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र कमलसिंह ऐरी छन् ।

वर्गीकरणमा चित्त नबुझे आन्तरिक छलफलमा जान सकिने विकल्प हुँदाहुँदै खेलाडीहरु क्यानविरुद्ध सार्वजनिक रुपमा प्रस्तुत भएका कारण स्पष्टिकरण सोधिएको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

गत असोजमा बसेको क्यानको बोर्ड बैठकले पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण पारित गरेको थियो । तत्कालिन उपाध्यक्ष राजु बाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि नयाँ वर्गिकरण गरेको हो ।

तर वर्गीकरणमा चित्त बुझ्दो नभएको भन्दै केही खेलाडीले सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेका थिए । वर्गीकरण अनुसार पुरुषतर्फ ए श्रेणीका खेलाडीले मासिक ५० हजार, बी श्रेणीलाई ४० हजार र सी श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्