खेलकूद

सर्विया, स्पेन र क्रोएशिया कतार विश्वकप फुटबलमा छनोट

हिमालय टिभी
२०७८ कार्तिक २९ गते ९:३६
सर्विया, स्पेन र क्रोएशिया कतार विश्वकप फुटबलमा छनोट

२९ कात्तिक २०७८ काठमाडौं । सर्विया, स्पेन र क्रोएशिया आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलमा छनोट भएका छन् ।

युरोपियन छनोटको समूह ए अन्तर्गत पोर्चुगललाई २–१ ले स्तब्ध बनाउँदै सर्विया विश्वकपमा पुगेको हो । घरेलु मैदानमा पोर्चुगलले दोस्रो मिनेटमै रेनेटो साञ्चेस गोलबाट अग्रता बनाएको थियो । तर त्यसपछि सर्वियाले लगातार दुई गोल थपेको थियो ।

उसका लागि ३३ औं मिनेटमा डुसान टाडिक र ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गरे । यस समूहमा शीर्ष स्थानको सर्बियाले ८ खेलमा २० अंक जोड्यो ।

उता १७ अंक जोडेर दोस्रो स्थानको पोर्चुगलको समेत विश्वकपमा छनोट हुने सम्भावना छ । यसका लागि उसले अब प्ले अफ खेल खेल्नेछ । यही समूहको अर्को खेलमा आयरल्याण्डले लक्जमवर्गलाई ३–० ले हरायो ।

त्यस्तै समूह बी बाट स्पेनले विश्वकपमा स्थान सुरक्षित पारेको छ । घरेलु मैदानमा स्पेनले स्विडेनमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । स्पेनका लागि ८६ औं मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । यस समूहबाट स्विडेनले प्लेअफ खेल्नेछ ।

उता समूह एचबाट क्रोएशिया पनि विश्वकपमा पुग्न सफल भयो । क्रोएशियाले आत्मघाती गोलको मद्दतमा रसियालाई १० ले हरायो । ८१औं मिनेटमा रसियाका डिफेण्डर फेडोर कुड्रयासोभले आत्मघाती गोल गरेका थिए ।

यस समूहमा क्रोएशियाले १० खेलबाट २३ अंक जोड्दा रसियाले २२ अंक जोड्यो । यही समूहको अर्को खेलमा स्लोभेनियाले साइप्रसमाथि २(१ को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्