अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता हुँदै

२९ कात्तिक २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज वार्ता हुँदैछ ।
अमेरिका र चीनबीच विभिन्न विषयमा जारी गतिरोधकाबीच आज अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्च्युअल वार्ता हुन लागेको हो ।
विश्वका दुई महाशक्ति राष्ट्रबीचको खराब सम्बन्ध सुधारका लागि शीर्ष नेताबीचकै वार्ताको तयारी भएको हो । दुई देशबीच जारी तनाव कम गर्नका लागि वार्ता सहयोगी हुने अमेरिकी अपेक्षा छ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच ताइवान, व्यापार, कोरोना भाइरसको उत्पत्ति, परमाणु हतियार, साइबर सुरक्षा, मानव अधिकार तथा क्षेत्रीय संलग्नतासहितका विषयबारे तनाव रहँदै आएको छ ।
आझको वार्ता बाइडेन प्रशासनको चीनसँगको विस्तारित र महत्वपूर्ण हुने ठानिएको छ। यसअघि सेप्टेम्बर ९ तारिख दुई नेताले टेलिफोन वार्ता गरेका थिए ।
बाइडेन राष्ट्रपति भएपछि अमेरिका र चीनका कूटनीतिज्ञबीच भएको वार्ता तनावपूर्ण अनि आरोप(प्रत्यारोपमा परिणत भएको थियो ।
गएको महिना स्विटजरल्याण्डको ज्युरिकमा दुई देशका शीर्ष अधिकारीबीच सम्पन्न वार्तामा बाइडेन र सीबीच यस वर्षको अन्त्यसम्ममा भर्च्युअल बैठक गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया