खेलकूद

अष्ट्रेलियालाई टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि

हिमालय टिभी
२०७८ कार्तिक २९ गते ९:१३
अष्ट्रेलियालाई टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि

२९ कात्तिक २०७८ दुबई । अष्ट्रेलिया आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ ।

न्यूजिल्याण्डमाथि ८ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले पहिलो पटक ट्वेन्टी(ट्वेन्टी विश्वकपको उपाधि उचालेको हो । उता पहिलो पटक फाइनलमा पुगेपनि न्यूजिल्याण्ड भने उपाधि जित्नबाट वञ्चित बन्यो ।

१ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले ७ बल अगावै मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । अष्ट्रेलियाको जितमा मिचेल मार्शले अविजित ७७ रन जोडे । उनले ५० बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ७७ रन बनाए ।

त्यस्तै डेभिड वार्नर ५३ रनमा पेभेलिएन फर्कदा ग्लेन म्याक्सवेलले नटआउट २८ रन जोडे । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

उसका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिंग्स खेले । ४८ बलको सामना गरेका उनले ३ छक्का र १० चौकाको मद्दतले ८५ रन बनाए । त्यस्तै मार्टिन गुप्टिलले २८ रन तथा ग्लेन फिलिप्सले १८ रन जोडे । बलिङमा अष्ट्रेलियाका जोस हेजलउडले ३ विकेट हात पारे ।

अष्ट्रेलियाका मिचेल मार्श म्यान अफ द म्याच र डेविड वार्नर म्यान अफ द सिरिच चुनिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्