समाज

दक्ष कामदार, कोइला र बजार अभावमा संकटमा आरन व्यवसाय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २८ गते १६:२४
दक्ष कामदार, कोइला र बजार अभावमा संकटमा आरन व्यवसाय (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७८ पाल्पा । पाल्पामा परम्परागत आरन व्यवसायमा समस्या देखिएको छ । आरन व्यवसाय सञ्चालन गर्न दक्ष कामदार, कोइला र बजारको समेत अभाव भएको छ ।

कृषि उत्पादनमा प्रयोग गर्ने औजारहरु विश्वकर्मा जातिहरुले उत्पादन गर्दै आए पनि पछिल्ला वर्षहरुमा भने सरकारी बेवास्ताकै कारण समस्या चर्किएको हो ।

पाल्पा बगनासकाली गाउँँपालिका वडा नम्बर ६ टोक्सेका खुमबहादुर विश्वकर्माले १० वर्ष पहिला चिलादीमा आरन व्यवसाय सञ्चालन गर्नुभयो । बगनासकाली गाउँपालिकाभित्रका किसानलाई पायक पर्ने गरी खोलिएको आरनमा माग अनुसार कृषि औजार पुर्‍याउन समस्या थिएन । तर, पछिल्ला वर्षमा व्यावसायिक उत्पादन गर्न थालेसँगै दक्ष कामदार, कोइला र बजारको समस्याले सताइरहेको छ ।

युवा स्वदेशमा रोजगारीको अभावमा विदेश पलायन भएका छन् । तर, स्वदेशमा सञ्चालित आरन व्यवसायमा युवाको आकर्षण हुन सकेको छैन । आरन व्यवसायमा कडा श्रम गर्नुपर्ने हुन्छ । त्यसैले युवा पुस्ता आकर्षित नभएका हुन् ।

बगनासकाली गाउँपालिकाले स्थानीय स्रोत साधनको प्रयोग गरी कृषि उत्पादन गर्ने रणनीति लिएको छ । यसले स्थानीय स्तरमा रहेका आरन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने छ । गाउँपालिकाले परम्परागत रुपमा सञ्चालित आरनलाई व्यवस्थित गर्न सहयोग गरिरहेको छ ।

स्वदेशमा रहेका आरनलाई व्यावसायिक बनाउन नसक्दा पैसा विदेश गइरहेको छ । त्यसैले आरनलाई उद्योगका रुपमा विकास गर्न सरकारले पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *