समाज

शिक्षा, स्वास्थ्य र यातायातको सुविधा नभएको इटहरी उपमहानगरको एउटा यस्तो गाउँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २८ गते १६:१३
शिक्षा, स्वास्थ्य र यातायातको सुविधा नभएको इटहरी उपमहानगरको एउटा यस्तो गाउँ (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७८ सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको पडरिया गाउँ । इटहरीको मुख्य चौकबाट ९ किलोमिटर दक्षिण पश्चिममा यो गाउँ छ ।

४० परिवारको बसोबास रहेको यो गाउँ पहिला एकम्बा गाविसमा पर्थ्यो । राज्य पुनःसंरचनापछि इटहरी उपमहानगरपालिकामा गाभिएको यो गाउँको विकास भने शून्य छ ।

गाविसबाट उपमहानगरपालिकामा नामले फड्को मारेपछि गाउँको विकासमा कायापलट हुने अपेक्षा यहाँका बासिन्दाको थियो । तर ५ वर्ष बितिसक्दा पनि गाउँको हविगत उस्तै छ । बाटो बनेको छैन । यो गाउँले बर्खायाममा हिलो र हिउँदमा धुलो सहँदै आएको छ ।

शिक्षा, स्वास्थ्य र यातायातको राम्रो प्रबन्ध नभएको यो गाउँ उपमहानगर कहलिन लायक नै छैन। उपमहानगरमा द्वारिकलाल चौधरी नेतृत्वमा बनेको स्थानीय सरकारको आयु पनि सकिन लागेको छ ।

गाउँगाउँमा विकासको लहर लैजान्छौँ भन्ने अभिव्यक्तबाट बेलाबेलामा चर्चामा आउने मेयरले यो गाउँको विकासमा चासो देखाएको पाइँदैन । भौतिक विकास मात्रै होइन्, शिक्षामा पनि यो गाउँ पछाडी छ । यहाँका बालबालिका विद्यालय जानबाट बञ्चित छन् । उनीहरुमा विद्यालय गएर शिक्षा आर्जन गर्नुपर्छ भन्ने आधारभूत ज्ञान समेत छैन।

यो गाउँलाई इटहरीको ‘कर्णाली’ भन्दा पनि फरक पर्दैन । समतामूलक विकासको नारा घन्काउने सरकारले समानतामूलक विकास गरे मात्रै पनि यो गाउँ बन्ने थियो । यसमा इटहरी उपमहानगरपालिको ध्यान कहिले जाने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *