खेलकूद

फ्रान्स आगामी कतार विश्वकप फूटबलका लागि छनोट

हिमालय टिभी
२०७८ कार्तिक २८ गते ८:३१
फ्रान्स आगामी कतार विश्वकप फूटबलका लागि छनोट

२८ कात्तिक २०७८ काठमाडौं । फ्रान्स आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फूटबलमा छनोट भएको छ ।

युरोपियन छनोटको समूह डी अन्तर्गत कजाखस्तानमाथि ८–० गोलको फराकिलो जितसहित फ्रान्सले विश्वकपमा स्थान पक्का पारेको हो । फ्रान्सको जितमा केलियन एम्बाप्पेले ह्याट्रिकसहित चार गोल गरे ।

त्यस्तै करिम बेञ्जिमाले दुई तथा एड्रियन राबोइट र एन्टोनी ग्रिजम्यानले एक(एक गोल थपे । एम्बाप्पेले छैठौ, १२औं र ३२औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यसपछि उसका लागि ५५औं र ५९औं मिनेटमा बेञ्जिमाले दुई गोल थपे ।

त्यसपछि ७५औं मिनेटमा राबोइट र ८४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दा ८७औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत चौथो गोल गरेपछि फ्रान्स ८–० ले विजयी भएको हो । यही समूहको अर्को खेलमा फिनल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–१ ले हरायो ।

त्यस्तै समूह ई मा बेल्जियम छनोट नजिक पुगेको छ । बेल्जियमले इस्टोनियालाई ३–१ ले हरायो । यही समूहको अर्को खेलमा वेल्सले बेलारुसमाथि ५–१ को जित निकाल्यो ।

उता समूह जीमा शीर्ष स्थानको नेदरल्याण्ड्स र मोन्टेनेग्रोले २–२ को तथा नर्वे र लात्भियाले गोलरहित बराबरी खेल्दा टर्कीले जिब्राल्टरमाथि ६–० को शानदार जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्