खेलकूद

इंग्ल्याण्ड आगामी वर्ष हुने फिफा विश्वकप फूटबलको छनोट नजिक

हिमालय टिभी
२०७८ कार्तिक २७ गते ८:११
इंग्ल्याण्ड आगामी वर्ष हुने फिफा विश्वकप फूटबलको छनोट नजिक

२७ कात्तिक २०७८ इंग्ल्याण्ड । इंग्ल्याण्ड आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ ।

युरोपियन छनोटको समूह आई अन्तर्गत इंग्ल्याण्डले अल्बानियामाथि ५–० को फराकिलो जित निकाल्यो । इंग्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गरे । त्यस्तै ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले एक(एक गोल थपे ।

बेम्बली रंगशालामा ९औं मिनेटमै मागुइरीको गोलबाट इंग्ल्याण्डले अग्रता लिएको थियो । त्यसपछि १८औं मिनेटमा केनले इंग्ल्याण्डको अग्रता दोब्बर पारे । २८औं मिनेटमा हेन्डरसनले गोल थपेका थिए ।

लगत्तै ३३औं र पहिलो हाफको इञ्जुरी समयमा हेन्डरसनले दुई गोल थप्दै ह्याट्रिक पूरा गरेपछि इंग्ल्याण्डले ५–० को अग्रता बनायो । दोस्रो हाफमा दुबैतर्फबाट थप कुनै गोल हुन सकेन ।

विश्वकपमा छनोट हुन इंग्ल्याण्डलाई अब मात्र एक अंक चाहिएको छ । यही समूहको अर्को खेलमा हंगेरीले सान मारिनोलाई ४–० ले हरायो । त्यस्तै समूह सी मा इटाली र स्विट्जरल्याण्डले एक(एक गोलको बराबरी खेल्दा नर्दन आयरल्याण्डले लिथुएनियालाई १० ले हरायो ।

उता समूह एफ मा डेनमार्कले फारोई आयरल्याण्ड्समाथि ३–१ र अष्ट्रियाले इजरायलमाथि ४–२ को जित निकाले । इंग्ल्याण्डले अब समूहको अन्तिम खेलमा सान मारिनोसँग बराबरी खेले पर्याप्त हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्