खेलकूद

ए डिभिजन लीग : फागुनसम्म सञ्चालन गर्ने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १८:१२
ए डिभिजन लीग : फागुनसम्म सञ्चालन गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले आसन्न ए डिभिजन लीग कम्तीमा फागुनसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।

एन्फाले आज पत्रकार सम्मेलन गर्दै पूर्व घोषित योजनामा केही परिमार्जन भएको जानकारी गराएको हो । यसअघि कात्तिक २९ गतेदेखि हुने भनिएको लीग क्लबहरुसँगको छलफलपछि एन्फाले मंसिर ३ गतेदेखि गर्ते निर्णय गरिसकेको छ ।

त्यस्तै, यस पटक हप्ताको ३ दिन शुक्रबार, शनिबार र आइतबार मात्र खेल खेलाइने छ । शुक्रबार र शनिबारका अधिकांश खेल दशरथ रंगशालामा हुने र दोस्रो खेल फ्लड लाइटमा खेलाउने तयारी एन्फाले गरेको छ ।

त्यस्तै, यस पटक दशरथ रंगशाला र एन्फा कम्प्लेक्सका अतिरिक्त च्यासल मैदान र पोखरा रंगशालामा पनि खेल हुनेछन् ।

पोखरालाई मनाङ् मर्स्याङ्दी क्लबले घरेलु मैदानको रुपमा खेलाउन माग गरेको छ । यस विषयमा केहि क्लबहरुसँगको छलफल सकारात्मक छ। पोखरामा खेल भएको खण्डमा भने लीग अझै केही समय लम्बिने छ ।

एन्फाले यस पटक पूर्ण क्षमतामा दर्शक प्रवेश दिने छ । यसका लागि साधारण तर्फ एक सय र भीईपीतर्फ ५ सय टिकट दर तोकिएको छ । नयाँ मिति अनुसार मंसिर ३ गते हुने उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सिंगल राउन्डका आधारमा हुने लिगमा ९१ खेल हुनेछ । तालिकाको शीर्ष टोलीले उपाधिसँगै ७५ लाख रुपैयाँ पाउनेछ भने पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्