कला/मनोरञ्जन

गायन रियालिटी शो द भ्वाइस किड्स आजदेखि हिमालय टेलिभिजनमा प्रशारण हुँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १७:११
गायन रियालिटी शो द भ्वाइस किड्स आजदेखि हिमालय टेलिभिजनमा प्रशारण हुँदै (भिडियो रिपोर्टसहित)

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस किड्स आजदेखि हिमालय टेलिभिजन एचडीमा प्रशारण हुँदैछ ।

टेलिभिजनमा प्रशारण शुरु हुनुअघि यो शो को ग्रान्ड प्रिमियर गरिएको छ। ग्रान्ड प्रिमियरमा सहभागी पाहुनाहरुले द भ्वाइस किड्सका बारेमा गरेको मुल्यांकनसहितको यो सामग्री हेर्नुहोस् ।

द भ्वाइस किड्सको प्रिमियरमा यसको निर्माणमा संलग्न निर्माण सदस्य मात्र हैन, कलाकार विज्ञापनदाता तथा अन्य शुभचिन्तक पनि सहभागी थिए । विश्व चर्चित रियालिटी शो द भ्वाइसको बालबालिका केन्द्रित नेपाली संस्करण द भ्वाइस किड्स विश्वस्तरीय नै हुने अपेक्षा छ ।

प्रिमियरमा छिर्नुअघि दर्शकले जे सोचेका थिए, द भ्वाइस किड्स त्यो भन्दा राम्रो बनेको उनीहरुले पाए ।

भ्वाइस किड्समा ६ देखि १४ वर्षसम्ममा बालबालिका सहभागी छन् । डिजिटल अडिसनबाट सहभागी भएका मध्ये १ सय जनाभन्दा बढीले ब्लाइन्ड अडिसनमा भाग लिएका थिए । जसमध्ये चार जना कोचले १२ जनाका दरले ४८ जनालाई टिममा लिने छन् । र उनीहरुबिच ब्याटल हुने छ ।

द भ्वाइस किड्समा एउटै टिमका ३ जना बीच ब्याटल राउन्ड हुने छ । ब्याटलमा २ जना बाहिरिने छन् । एक जनाले लाइभ राउन्डमा प्रवेश पाउने छन् । हरेक टिमका चार चार जना गरेर लाइभ राउन्डमा १२ जना पुग्ने छन् ।

लाइभ राउन्डमा दर्शकले आफ्नो मन पर्ने सहभागीलाई भोटिङ्ग गर्न पाउने छन् । द भ्वाइस किड्स प्रशारणमा आएसँगै बालबालिकालाई हेर्ने नजर नै परिवर्तन हुने निर्देशक लक्ष्मण पौडेलको अपेक्षा छ ।

आजदेखि प्रशारण हुन लागेको द भ्वाइस किड्स हरेक शुक्रबार र शनिबार राति ८ बजेपछि हिमालय टेलिभिजन एचडीमा हेर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *