खेलकूद

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनल प्रवेश

हिमालय टिभी
२०७८ कार्तिक २६ गते ७:३८
पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनल प्रवेश

२६ कात्तिक २०७८ दुबई । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दुबईको अबुधाबीमा भएको सेमिफाइनलमा पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे ।

दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे ।

अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए । अर्का ओपनर तथा कप्तान आरोन फिन्च शुन्य रनमा पेविलियन फर्किएका थिए । मिचेल मार्सले २८ रन बनाए ।

पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।

रिजवानले ६७ रन बनाए । कप्तान बाबर आजमले ३९ रनको योगदान दिए । उनले ३४ बलमा ५ चौकाको मदतले सो रन बनाए । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अष्ट्रेलियाले उपाधिका लागि न्यूजिल्याण्डसँग भिड्ने छ । न्युजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्