आर्थिक

चाडपर्व नेपालीको व्यापार विदेशीको, दशैं र तिहारमा मात्र साढे ६ अर्ब बाहिरियो

हिमालय टिभी
२०७८ कार्तिक २६ गते ७:२७
चाडपर्व नेपालीको व्यापार विदेशीको, दशैं र तिहारमा मात्र साढे ६ अर्ब बाहिरियो

२६ कात्तिक २०७८ काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको तीन महिनामा साढे छ अर्ब बराबरको चाडपर्व लक्षित सामग्री आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार छ अर्ब ५२ करोड एक लाखको दशैं, तिहार, छठ, क्रिसमस र माघी लक्षित नरिवल, काजु, बदाम, अलमण्ड, ओखर, पिस्ता, सुपारी, तास, अंजिर, भुइँकटर, केरा, खजुर, क्रिसमसका रुखमा बालिने झालरी लगाएतका सामग्री आयात भएको हो ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको तीन महिनामै सो रकम बराबरको सामग्री आयात भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी हो । गत आर्थिक वर्षमा विभिन्न देशहरुबाट तीन अर्ब ५७ करोड १० लाख रुपैयाँको सामग्री आयात भएको थियो ।

गत वर्ष कोरोना सङ्क्रमणको जोखिम कायम रहेकाले धेरै मानिसले चाडपर्व उल्लासका साथ नमनाएकाले आयात कम भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *