खेलकूद

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुने

हिमालय टिभी
२०७८ कार्तिक २५ गते ९:१६
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुने

२५ कात्तिक २०७८ दुबई । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा आज पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुनेछ ।

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुबै देश फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।
गएराति भएको खेलमा भने न्युजिल्याण्ड विजयी भएको छ । जितसँगै न्युजिल्याण्ड आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

अबुधाबीमा भएको खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर प्ररा ग-यो ।

न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । अब उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्