खेलकूद
टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनल खेल शुरु हुँदै
२०७८ कार्तिक २४ गते ८:५०
२४ कात्तिक २०७८ दुबई । आजदेखि आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलका खेल शुरु हुँदैछन् ।
पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।
सुपर टुवेल्भ अन्तर्गत समूह एकको विजेताको रुपमा इंग्ल्याण्ड र समूह दुईको उपविजेता बन्दै न्यूजिल्याण्डले अन्तिम चारमा स्थान पक्का पारेका हुन् ।
अबुधावीको शेख जायेद रंगशालामा खेल नेपाली समय अनुसार राति पौने आठ बजे शुरु हुनेछ ।
प्रतिक्रिया