सुकेको मुहानबाट पानी आउन थालेपछि…

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १४:१५
सुकेको मुहानबाट पानी आउन थालेपछि…

२३ कात्तिक २०७८ सिमकोट । हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ ।

लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउनथालेपछि स्थानीयवासी खुसी भएका हुन् ।

सुकेको मुहानबाट पानी निस्कन थालेपछि सो वडावासी आ आफ्नो रीतिरिवाज र परम्परा अनुसार होमजाप गरी बन्द रहेको धारालाई मर्मत गरिएको छ । २४ वर्ष पहिले अदानचुली–३ रोकाया गाउँका बासिन्दाले रिठापाटा भन्ने ठाउँबाट पानी खाने गर्दथें ।

मुहानमा पानी सुकेपछि अन्यत्र गई पानी खानुपर्ने अवस्था रहेको थियो । तर केही दिन अगाडि लगातार परेको अविरल वर्षाले २४ वर्षसम्म सुकेको मुहानबाट पानी निस्कन थालेपछि देउसीभैलो खेलेर जम्मा भएको रकमबाट धारा मर्मत गरिएको स्थानीयवासी मीमबहादुर रोकायाले बताउनुभयो ।

उहाँका अनुसार गाउँका सबै ज्येष्ठ नागरिक उपस्थित भई धारा मर्मत गरेको होमजग्गी रोकायाले बताउनुभयो । सुकेको मुहानबाट केही दिनसम्म पानी निरन्तर आएको खण्डमा सिमेन्ट प्रयोग गरेर धारा पक्की बनाइने भएको बताउनुभयो । गाउँमै सुकेको मुहानाट पानी निस्कन थालेपछि स्थानीयवासी खुसी भएका छन्, भने खानेपानीका लागि गाउँबाट टाढा जानुपर्ने बाध्यताको समेत अन्त्य भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *