खेलकूद

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा नामिबियाविरुद्ध भारत विजयी

हिमालय टिभी
२०७८ कार्तिक २३ गते ७:४३
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा नामिबियाविरुद्ध भारत विजयी

२३ कात्तिक २०७८ दुबई । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारत विजयी भएको छ ।

सुपर टुवेल्भ अन्तर्गत समूह दुईको अन्तिम खेलमा भारतले नामिबियामाथि ९ विकेटको सहज जित निकालेको हो । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले खेल सकिन २८ बल अगावै मात्र १ विकेट गुमाएर भेट्टाएको थियो ।

भारतका रोहित शर्माले सर्वाधिक ५६ रन जोडे । त्यस्तै केएल राहुल ५४ र सूर्यकुमार यादव २५ रनमा अविजित रहे । बलिङमा नामिबियाका जान फ्रायलिंचले एक विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३२ रन बनाएको थियो ।

नामिबियाका डेभिड वाइजीले २६ तथा स्टेफन वार्डले २१ रन जोडे । बलिङमा भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पारे । दुबै टोली यसअघि नै सेमिफाइनलबाट बाहिरिइसकेका थिए । सेमिफाइनल खेल भोलिदेखि शुरु हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्