खेलकूद

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त

हिमालय टिभी
२०७८ कार्तिक १८ गते ९:३०
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त

१८ कात्तिक २०७८ नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान राहुल द्रविड नियुक्त हुनुभएको छ ।

युएईमा जारी टि–२० विश्वकपसँगै मुख्य प्रशिक्षक रवि शास्त्रीको अवधि सकिँदैछ । जसका कारण भारतले द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

नोभेम्बर १७ देखि घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन टि–२० आई सिरिजसँगै द्रविडले भारतीय टोली सम्हाल्ने भारतीय संचार माध्यमले जनाएका छन् ।

द्रविड, भारतीय क्रिकेटका पूर्व एक सफल कप्तान र ब्याटरमा पर्नुहुन्छ । उहाँले मुख्य प्रशिक्षको भूमिका निर्वाह गर्न उत्सुक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्