खेलकूद

टी–ट्वेन्टी विश्वकपमा भारतले अफगानिस्तानलाई ६६ रनले हरायो

हिमालय टिभी
२०७८ कार्तिक १८ गते ९:२२
टी–ट्वेन्टी विश्वकपमा भारतले अफगानिस्तानलाई ६६ रनले हरायो

१८ कात्तिक २०७८ दुबई । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको छ ।

राति भएको खेलमा टस हारेर ब्याटिङ्को निम्तो पाएको भारतले दिएको २ सय ११ रनको लक्ष्य अफगानिस्तानले पुरा गर्न सकेन । भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । जवाफमा अफगानिस्तानले ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

यस्तै हिजो बेलुकी सकिएको खेलमा न्यूजिल्याण्डले स्कटल्याण्डलाई १६ रनले पराजित गरेको छ । यसैबीच टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश दिउँसो पौने ४ बजे खेल्नेछन् । यस्तै श्रीलङ्का र वेष्ट इन्डिजबीचको दोस्रो खेल बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्