आर्थिक

फूलमा यसरी आत्मनिर्भर बन्दै धनकुटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १९:००
फूलमा यसरी आत्मनिर्भर बन्दै धनकुटा (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ धनकुटा । तिहार फूलसँग जोडिएको महत्वपूर्ण चाड हो । तिहारकै लागि भारतबाट वर्षेनि करोडौं मुल्य बराबरको फूल नेपाल भित्रने गरेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा भने फूलमा आत्मनिर्भर त छ नै वर्षेनि लाखौं मूल्य बराबरको फूल निर्यात समेत गर्ने गरेको छ ।

तिहारमा व्यक्तिगत प्रयोजनका लागि मात्र लगाइने फूल खेतीले धनकुटामा एक दशकयता व्यवसायिक रुप लिएको छ । धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका तथा साँघुरीगढी र चौबिसे गाउँपालिकाका विभिन्न स्थानमा फूलको व्यवसायिक खेती हुने गरेको छ ।

सुन्तला तथा सब्जी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका यहाँका किसानले गरेको तिहार लक्षित फूल खेतीबाट पनि मनग्ये आम्दानी गरिरहेका छन् । अन्य बालीमा भन्दा मेहनत कम पर्ने र सिजनमा गतिलो आम्दानी हुने भएकाले फूल खेतीतर्फ किसान आकर्षित भएका हुन् ।

त्यसो त फूल खेतीमा समस्या पनि धेरै छन् । प्राविधिक ज्ञानको कमी, उन्नत जातको विजन अभाव, विभिन्न रोग र किराको प्रकोपसँगै कहिले समय अगावै त कहिले समय सकिएपछि फूल फुल्दा कृषक समस्यामा पर्ने गरेका छन् । त्यस्तै भारतबाट वर्षेनि लाखौं रुपैयाँको फूल आयातत हुँदा नेपाली फूल किसानलाई बजार पाउन निक्कै समस्या छ ।

कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क अनुसार धनकुटामा करिब दुई सय पचास परिवारले चार हेक्टर क्षेत्रफलमा व्यवसायिक फूल खेती गर्ने गरेका छन् । एक परिवारले वार्षिक २० हजारदेखि दुई लाख रुपैयाँसम्मको फूल विक्री गर्ने गरेका छन् । यहाँ उत्पादन भएको फूल झापा, मोरङ सुनसरीका विभिन्न बजारसम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *