खेलकूद

आहा रारा गोल्डकप माघ ६ गतेदेखि हुने, सहारालाई आर्थिक सहयोग

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १८:४०
आहा रारा गोल्डकप माघ ६ गतेदेखि हुने, सहारालाई आर्थिक सहयोग

१७ कात्तिक २०७८ पोखरा । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।

पोखरामा आज एक कार्यक्रमका बीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लबका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन हुने भएको छ ।

क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार केसी परिवारले एकेडेमीका लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने छ । सहयोग र दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो ।

एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन् । उनीहरुको शिक्षा दीक्षासहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ ।

हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो । एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।

यस्तै सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि शुरु गर्ने तयारी गरेको क्लबले बताएको छ । फूटवल प्रतियोगिताको मुख्य प्रयोजनसमेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लबले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्