समाज

फूलैफूलको मौसम : जहाँ तिहार नहुँदा पनि सजिन्छन् फूल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १५:५३
फूलैफूलको मौसम : जहाँ तिहार नहुँदा पनि सजिन्छन् फूल (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ पाँचथर । तिहार आएसँगै गाउँ सहर फूलैफूलले सजिएका छन् । तर पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारमा भने तिहार नहुँदा पनि फूल सजिएको देख्न पाइन्छ । सडकको किनारामा, बीचमा र घरहरुमा फूल सजाइएको छ ।

मिक्लाजुङ गाउँपालिकाले फूल रोप्ने अभियान चलाएसँगै यहाँको सौन्दर्यता थपिएको छ । त्यसो त रविका ग्रामीण क्षेत्रमा पनि अनेकन प्रजातिका फूल घरमा सजिएको देख्न पाइन्छ ।

कहिले कुहिरोले धुम्म हुने तथा कहिले हरियाली मस्त देखिने यो बजारको मुख्य सडक कालोपेत्र भएपछि थप आकर्षक देखिएको छ । रवि बजारलाई सुन्दर बनाउने अभियान गाउँपालिकाले चलाएको हो ।

सडकको बीचमा ड्रममा फूल रोप्ने काम गाउँपालिकाले गरेको हो भने हरेक घर अगाडी गमलामा फूल रोप्ने काम स्थानीय बासिन्दाले गरेका हुन् । घर अगाडी सडक छेउमा समेत गमलामा फूल रोप्नुपर्ने नियम बनाइएको छ ।

फूल रोप्ने अभियानले बजार क्षेत्र सजिएको देखिन्छ । रविलाई आकर्षक देखाउने र पर्यटन प्रवर्द्धन गर्न सकिने उद्देश्यले फूल रोप्ने कार्यक्रम लागू गरिएको हो । रवि बजार क्षेत्रमा २ हजार ३ सय मिटर सडक कालोपत्रे भइसकेको छ ।

मेची राजमार्गको राँकेबाट २६ किलोमिटर र झापाको दमकबाट ४८ किलोमिटरमा यो बजार पुगिन्छ । यहाँ ग्रामीण क्षेत्रका घरहरु चिटिक्क परेर बनाइएको छ । फूलले यसको सौन्दर्यता थप बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *