कला/मनोरञ्जन

फेसन शो मार्फत कला र संस्कृति जोगाउँदै ‘एएसएपी’

हिमालय टिभी
२०७८ कार्तिक १७ गते ९:४९
फेसन शो मार्फत कला र संस्कृति जोगाउँदै ‘एएसएपी’

काठमाडौं । नेपाल विविध कला र संस्कृतिले भरिपूर्ण भएको देश । हिमाल, पहाड र तराईको कलामा आ(आफ्नै विशेषता झलकिन्छ । पहिले समुदायमा मनोरञ्जनका लागि मात्र सीमित भएको कला अहिले फेसनको रुपमा परिचित भएको छ ।

नेपालको मौलिकतालाई जोगाउन समयसमयमा विविध कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यस्तैमा हाम्रा पुर्खाले बनाएको संस्काररुपी कलाको सम्मानका लागि एएसएपी इन्टरटेन्मेन्टले वर्षेनी ‘द हेरिटेज’ नामक फेसन शो आयोजना गर्दै आएको छ ।

सन् २०१९ बाट सुरुवात भएको ‘द हेरिटेज’ मा खासगरी नेपालको मौलिकता झल्किने पहिरनलाई विशेष जोड दिने गरिन्छ । संस्कृतिको उत्थानका लागि यस्तो गरिएको हो । विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी लागिरहेको छ ।

समाजमा एकताको सन्देश प्रवाह गर्न ‘द हेरिटेज’ सहयोगसिद्ध हुने विश्वास समेत लिने गरिएको छ । नेपालमा अक्सर थुप्रै फेसन शो कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सबैका आआफ्नै उद्देश्य हुन्छन् । कतिपय त कार्यक्रमका लागि कार्यक्रम गरिएको जस्तो पनि देखिन्छ ।तर ‘द हेरीटेज’ ले समाजमा छोटो समयमै छुट्टै छाप छोडेको छ ।

कमाउनका लागि भन्दा पनि संस्कार जोगाउनका लागि कार्यक्रम गरिएको भान हुन्छ । त्यसको ज्वलन्त उदाहरण हो सन् २०२० मा उक्त कार्यक्रम अष्ट्रेलियामा आयोजना गरिनु । नेपालको संस्कृतिलाई विदेशमा समेत प्रचारप्रसार गर्नुपर्छ भन्ने मान्यतास्वरुप अष्ट्रेलियामा आयोजना गरिएको हो ।

‘हेरिटेज’ फेसन शोलाई ब्राण्ड बनाउने लक्ष्यका साथ एएसएपी लागिरहेको छ । फलस्वरुप शनिबार मात्र पोखराको लेकसाइड स्थित टीका रिर्सोटमा ‘फेसन शो’ सम्पन्न भएको छ । तेजु मगर,सुनीता चौलागाई, अमितेश करण र सम्झना गुरुङको ड्रेस डिजाइनमा मोडलहरु याम्पमा उत्रिएका थिए ।

सन्तोष अधिकारी र बेनीशा हमाल सो स्टोपर रहेको कार्यक्रममा दिपा घिमिरे, मुना गौचन (भारतीय मोडल) को समेत उपस्थिति रहेको थियो ।

अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने एसिस्टेन्ट कोरियोग्राफीमा सुलोचना बज्रचार्य थिइन् । विवेक खतिवडाले संचालन गरेको कार्यक्रममा गायिका ममता गुरुङको समेत प्रस्तुति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *