विदेश

अमेरिकामा बालबालिकालाई फाइजर र बायोनटेकको खोप लगाउन स्वीकृति

हिमालय टिभी
२०७८ कार्तिक १७ गते ७:५१
अमेरिकामा बालबालिकालाई फाइजर र बायोनटेकको खोप लगाउन स्वीकृति

१७ कात्तिक २०७८ न्युयोर्क । अमेरिकामा पाँचदेखि ११ वर्षका बालकालिकालाई पनि फाइजर र बायोनटेकको खोप लगाउन स्वीकृति प्रदान गरिएको छ ।

अधिकारीहरुले जोखिम र लाभ दुवैलाई ध्यान दिएर नै यो उमेर समूहका बालकालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति प्रदान गरिएको बताएका छन् ।

यो निर्णयबाट २ करोड ८० लाख बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ । अमेरिकामा यसअघि नै १२ वर्ष भन्दा माथिका बालबालिकालाई भने कोरोनाविरुद्धको खोप दिइसकेको छ ।

१६ देखि २५ वर्षका युवाहरुमा लगाइएको खोप ९१ प्रतिशत प्रभावकारी पाइएको छ । विज्ञहरुले सामान्य अवस्थामा फर्कन पनि युवा उमेर समूहका व्यक्तिलाई खोप दिन आवश्यक रहेको बताएका छन् ।

अमेरिकामा १८ लाख बालबालिकामा कोराना संक्रमण देखिएको छ भने दुई सय भन्दा कमको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *