आर्थिक

माटाका पाला बनाउन यस्तो भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १६ गते २०:१३
माटाका पाला बनाउन यस्तो भ्याइनभ्याई (भिडियो रिपोर्टसहित)

१६ कात्तिक २०७८ भक्तपुर । दीपावलीमा झ्याल तथा ढोकामा दियो बाल्नका लागि प्रयोग गरिने माटाका पाला बनाउन भक्तपुरमा कुह्मालेहरुलाई भ्याइनभ्याई छ । दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका छन् ।

यतिबेला भक्तपुरमा पाला बनाउनेहरुलाई भ्याइनभ्याइ छ । अन्य समयमा दैनिक दुई दर्जन विक्री नहुने पाला तिहारको समयमा दैनिक तीन हजारसम्म विक्री हुने गरेको व्यवसायी बताउँछन् ।

तिहारबाहेक अन्य समयमा माटाका भाँडाहरु फाट्टफूट्ट मात्र विक्री हुने गरेको छ । गत वर्ष कोरोना संक्रमणका कारण व्यापार व्यवसाय सुस्त रहेपनि यो वर्ष केही चलायमान भएको व्यवसायी बताउँछन् ।

उपत्यका तथा उपत्यका बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ । यसको मौलिक परिचयका कारण उपत्यकाबाहिर जिल्लाका बासिन्दाले समेत भक्तपुरसम्म पाला किन्न आउने गरेको व्यवसायीहरु बताउँछन् ।

काभ्रे, काठमाडौं र ललितपुरका व्यापारीहरुले समेत भक्तपुरबाट पाला लाने गरेका छन् । पछिल्लो समय जमिनहरु प्लटिङ हुने क्रम बढेसँगै व्यवसायीलाई माटो र पोल्ने स्थानको भने समस्या हुने गरेको छ ।

पाला बनाउन उच्च गुण भएको कालो माटो चाहिन्छ । विशेषगरी प्रजापति समुदायले बनाउँदै आएका माटाका भाडाहरु बेच्ने भक्तपुरमा कति व्यापारी छन् भन्ने यकिन छैन । भक्तपुर नगरको सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली र मध्यपुरको चपाचोलगायतका टोलमा अन्यत्रको तुलनामा बढी मात्रामा माटाको भाडाहरु बनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *