आर्थिक

रेडिमेड सामानले माटोका भाँडा ओझेलमा, उत्पादक मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १६ गते २०:०८
रेडिमेड सामानले माटोका भाँडा ओझेलमा, उत्पादक मारमा (भिडियो रिपोर्टसहित)

१६ कात्तिक २०७८ सुनसरी । रेडिमेड सामान अत्यधिक आयात हुन थालेपछि परम्परागत रुपमा उत्पादन हुँदै आएका माटोको भाँडाको उत्पादन र विक्री ओझेलमा पर्दै गएको छ । चाडपर्वका लागि बजारमा प्लाष्टिक तथा धातुका सामान आउन थालेपछि तिहारमा प्रयोग हुने माटोको सामानका उत्पादक तथा विक्रेता मारमा परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ पचरुखीमा पाला, दियो, खुत्रुकेलगायत माटाका सामग्रीहरु बन्छन् । यस्तै इनरुवामा पनि यस्ता सामग्री उत्पादन हुन्छन् । परा पूर्वकालदेखि घरेलु विधिबाट उत्पादन हुने यस्ता सामग्रीको छुट्टै महत्व छ । तर, पछिल्लो समय रेडिमेट सामग्री छ्यापछ्याप्ती पाउन थालेपछि यो पेशा नै धरासयी बन्दै गएको छ ।

रमेशको जस्तै गुनासो छ, इनरुवा नगरपालिकामा पुस्तौँदेखि माटोको सामान उत्पादन र बिक्रि गर्दै आएका सुरजकुमार पण्डितको पनि । बिहान क्याम्पन पढ्ने सुरज दिउँसो इनरुवाबाट बुबाले बनाएका सामान लिएर इटहरी आउनुहुन्छ । यस्ता सामानको विक्री वितरणमा रेडिमेट सामानले चुनौती दिइरहेको उहाँको गुनाशो छ । ।

प्रयोगकर्ता पनि रेडिमेट सामानको बहु–उपयोगी गुण भएकै कारण त्यस्ता सामान आफ्नो रोजाइमा पर्ने गरेको बताउँछन् । माटोको सामान जस्तो नभए पनि रेडिमेड सामान तुलनात्मक रुपमा मितव्ययी पनि भएको उनहरुको तर्क छ ।

रेडिमेड सामान बहुउपयोगी र मितव्ययी भएपनि माटोको सामानसँग दाँज्न नहुने धेरैको बुझाई छ । अझ अहिले विश्वभर वातावरण संरक्षण र सम्बर्धनको आवाज उठिरहेका बेला रेडिमेड सामानको सट्टा माटोको सामानकै प्रयोग गर्नु वुद्धिमतापूर्वक हुने छ । यसले स्वदेशी उत्पादन र व्यवसायलाई पनि प्रबर्धन गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *