खेलकूद

सहसचिव ढकाललाई राखेप सदस्य सचिवको जिम्मेवारी

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १८:०२
सहसचिव ढकाललाई राखेप सदस्य सचिवको जिम्मेवारी

१६ कात्तिक २०७८ काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयका सहसचिवत विष्णु कुमार ढकालले राष्ट्रिय खेलकूद परिषद (राखेप) सदस्य सचिवको पनि जिम्मेवारी पाउनुभएको छ।

युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

खेलकूद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेप सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।

सरकारले गत १ गते रमेशकुमार सिलवाललाई पदमुक्त गरेपछि राखेप सदस्यसचिवविहीन थियो । यस्तै तत्कालिन सचिव केदार न्यौपाने असोज १२ गतेबाट अनिवार्य अवकाशमा गएपछि मन्त्रालय पनि सचिवविहीन छ ।

खेलकूद विकास ऐन अनुसार राखेप सदस्य सचिव नियुक्तिको प्रक्रिया सचिव मातहत नै हुने प्रावधान छ । त्यसैले मन्त्रालयमा सचिव नियुक्त भएपछि मात्र सदस्य सचिवको नियुक्ति प्रक्रिया अघि बढाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्