आर्थिक

टक्सार विभागमा असर्फी किन्नेको यस्तो भीड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १६:१५
टक्सार विभागमा असर्फी किन्नेको यस्तो भीड (भिडियो रिपोर्टसहित)

१६ कात्तिक २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ ।

तिहारका लागि भन्दै विभागले आज सुन र चाँदीको असर्फी बेचेपछि किन्नेहरुको घुँइचो लागेको हो । असर्फीका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । तर कोटाभन्दा बढी मानिसको घुँइचो छ ।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । सुनको पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४ सय ३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २ सय १९ निर्धारण गरेको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *