खेलकूद
राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा ३ वर्षे सम्झौतामा हस्ताक्षर
२०७८ कार्तिक १६ गते १४:४८
१६ कात्तिक २०७८ काठमाडौं । नेपााली राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौतापछि अब उनी सन् २०२४ सम्म नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षक रहनेछन् । १ नोभेम्बरबाट शुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अल्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फूटबल एशोसिएशनसँग छलफल गरेपछि मुख्य प्रशिक्षक अम्मुताइरी नेपाल फर्कन तयार भएका हुन् ।
दशरथ रंगशालामा भएको कार्यक्रममा अल्मुताइरीले मिलेर फूटबल विकासमा काम गर्न चाहेको बताए ।
प्रतिक्रिया