खेलकूद

इंग्ल्याण्ड टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ कार्तिक १६ गते ९:५८
इंग्ल्याण्ड टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश

१६ कात्तिक २०७८ दुबई । इंग्ल्याण्ड आईसीसी ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह एकमा गएराति श्रीलंकामाथि २६ रनको जित निकाल्दै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो । १ सय ६४ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंका एक ओभर अगावै १ सय ३७ रनमा अलआउट भएको थियो । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ३४ रन बनाए ।

त्यस्तै कप्तान डासुन शनाका र भानुका राजपाक्षे समान २६-२६ रनमा पेभेलिएन फर्के । बलिङतर्फ इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले समान २(२ विकेट लिए ।

यसअघि शारजाह क्रिकेट रंगशाला टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जोस बट्लरको शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

बट्लर १ सय १ रनमा नटआउट रहे । ६७ बल खेल्दै उनले ६ छक्का र ६ चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । बट्लर जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत बने ।

त्यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट हात पारे । जितसँगै यस समूहबाट इंग्ल्याण्ड ४ खेलमा अपरजित रहँदै एक खेल अगावै अन्तिम चारमा पुगेको छ ।

उता तेस्रो हारपछि श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ । आज बंगलादेश र दक्षिण अफ्रिका तथा नामिबिया र पाकिस्तानबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्