खेलकूद
पुरूष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन
२०७८ कार्तिक १५ गते ९:४२
१५ कात्तिक २०७८ काठमाडौं । नेपाल पुरूष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाले आवेदन दिएका छन् ।
प्राप्त आवेदन मध्यबाट छनोट समितिले छोटो सूची प्रकाशन गरिरहेकाले केही दिनभित्रमा अन्तर्वार्ता लिइने नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
यसअघिका मुख्य प्रशिक्षक डेभ वाटमोरले ओमान भ्रमणपछि राजीनामा दिनुभएको थियो । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि क्यानले कात्तिक १ गते दरखास्त आह्वान गरेको थियो ।
प्रतिक्रिया