खेलकूद

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग भारतको लज्जास्पद हार

हिमालय टिभी
२०७८ कार्तिक १५ गते ८:२३
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग भारतको लज्जास्पद हार

१५ कात्तिक २०७८ दुबई । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो हार व्यहोरेको छ ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत गएराति न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । १ सय ११ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि डार्य्ल मिचेलले ४९ तथा मार्टिन गुप्टिलले २० रन बनाए । त्यस्तै कप्तान केन विलियम्सन ३३ रनमा अविजित रहे । भारतका जसप्रित बुम्राहले २ विकेट हात पारे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय १० रन बनाएको थियो । भारतका लागि रविन्द्र जडेजाले अविजित २६ रन जोडे ।

त्यस्तै हार्दिक पाड्या २३, केएल राहुल १८ रन, रोहित शर्मा १४ तथा ऋषभ पन्तले १२ रन जोडे ।

भारतलाई कम रनमै समेट्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ३ तथा इस सोधीले २ विकेट लिए । दुई खेलमा पहिलो जितसँगै समूह २ मा न्यूजिल्याण्ड २ अंक जोड्दै तेस्रो पुगेको छ ।

उता लगातार दुई खेलमा पराजित भएपछि अंकविहिन भारत पुछारबाट दोस्रो स्थानमा छ । आज इंग्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्