आर्थिक

धादिङको गजुरीमा खुल्यो यमाहाको नयाँ शोरुम

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १८:१२
धादिङको गजुरीमा खुल्यो यमाहाको नयाँ शोरुम

१४ कात्तिक २०७८ धादिङ। धादिङको गजुरी बजारमा एमएडब्ल्यू इण्टरप्राइजेजले आइतबारदेखि यमाहाको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले कालिका ऑटो ट्रेडर्स शोरुममार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराउने बताएको छ ।

यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई दृष्टिगत गरी शोरूम स्थापना गरिएको कालिका ऑटो ट्रेडर्सका युवा संचालक शैलेस नेपालले जानकारी दिनुभयो ।

शोरुमबाट एक्सचेन्ज मेला पनि शुरु भएको नेपालले बताउनुभयो। यमाहाको देशभर ९७ वटा शोरुम सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *