समाज

नगर सफा गर्न चासो नदिएको भन्दै वडाअध्यक्षहरुले मेयरको घरअगाडि यसरी फाले फोहोर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १६:५०
नगर सफा गर्न चासो नदिएको भन्दै वडाअध्यक्षहरुले मेयरको घरअगाडि यसरी फाले फोहोर (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७८ धनुषा । सरसफाईमा ध्यान नदिएको भन्दै आक्रोशित जनकपुरका जनप्रतिनिधिले मेयरको घरअघि फोहोर फालेर प्रदर्शन गरेका छन् ।

चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाईमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिले फोहोर फालेर विरोध गरेका हुन् ।

उनीहरुले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको आरोप लगाएका छन् ।

फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरी आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप वडाध्यक्षहरुले लगाएका छन् ।

जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधि आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *