खेलकूद

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्डको लगातार तेस्रो जित

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ८:०६
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्डको लगातार तेस्रो जित

१४ कात्तिक २०७८ दुबई । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड लगातार तेस्रो खेलमा विजयी भएको छ ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत गएराति इंग्ल्याण्डले अष्ट्रेलियामाथि ८ विकेटको सहज जित निकालेको हो । १ सय २६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ५० बल अगावै मात्र २ विकेट गुमाएर पूरा भेट्टाएको थियो ।

इंग्ल्याण्डका जोस बट्लर ७१ रनमा अविजित रहे । त्यस्तै ज्यासन रोयले २२ रन बनाए । अष्ट्रेलियाका एष्टन अगर र एडम जाम्पाले एक(एक विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको अष्ट्रेलिया २० ओभरमा १ सय २५ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान आरोन फिन्चले ४४ रन जोडे ।

त्यस्तै एष्टर अगर २० तथा म्याथ्यु वेड १८ रनमा आउट भए । बलिङमा इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा क्रिस ओक्स र ट्यामल मिल्सले २(२ विकेट हात पारे ।

जितसँगै समूह ए मा ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको इंग्ल्याण्ड सेमिफाइनल नजिक पुगेको छ ।

उता पहिलो हार व्यहोरेको अष्ट्रेलिया ३ खेलमा ४ अंकसहित चौथो स्थानमा छ । आज अफगानिस्तान र नामिबिया तथा भारत र न्यूजिल्याण्डबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्