आर्थिक

सयपत्री फूलमा कोरोना र बेमौसमी वर्षाको असर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १८:३६
सयपत्री फूलमा कोरोना र बेमौसमी वर्षाको असर (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ सुनसरी । कोरोना महामारी र बेमौसमी वर्षासँगै आएको बाढीले तिहारका लागि अतिआवश्यक मध्येको एक सयपत्री फूलको उत्पादनमा प्रभाव परेको छ । सुनसरीको इटहरीसहितका क्षेत्रमा लगाइएको सयपत्री उत्पादनमा वर्षाले क्षति गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा सिर्जनशील उद्यमी महिला कृषक समूहले गत वर्षदेखि सयपत्री फूल खेती गर्दै आएको छ । महिलाहरु समूहमा आवद्ध भएर फूल खेती गरेको पहिलो वर्ष राम्रै आम्दानी भयो ।

गत वर्ष झण्डै आधा विघा क्षेत्रफलमा महिलाहरुले फूल खेती गरेका थिए । त्यही ठाउँमा उत्पादित फूलको विक्रीबाट उनीहरुले झण्डै ३ लाख आम्दानी गरे । तर अहिले फूल खेतीको क्षेत्रफल विस्तार भए पनि बेमौसमी वर्षाका कारण आएको बाढी तथा हावाहुरीले फूल खेतीमा क्षतिका कारण आम्दानी कम हुने भएपछि महिलाहरु चिन्तित बनेका छन् ।

प्रकृतिले मात्र होइन्, सरकारले पनि आफूहरुलाई साथ नदिएको किसानको गुनासो छ । इटहरी उपमहानगरपालिकाले उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत २५ सय सयपत्रीका बेर्ना दिनुबाहेक अन्य कुनै निकायबाट सहयोग नपाएको यो समूहको दुखेसो छ ।

उपमहानगर भने किसानलाई गर्दै आएको सहयोग वार्षिक रुपमा बढाउँदै लैजाने योजना सुनाउँछ । आगामी वर्ष अन्य प्राविधिक सहयोग पनि गर्ने उपमहानगरको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *