समाज

सुकुम्बासीको नाममा लाखौं खर्च समस्या भने ज्यूँका त्यूँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १४:४५
सुकुम्बासीको नाममा लाखौं खर्च समस्या भने ज्यूँका त्यूँ (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । गुल्मीमा भूमिसम्बन्धि समस्या समाधान आयोगका संयोजक र सदस्यहरुले नियुक्ति लिएको समयदेखि असार मसान्तसम्म सुकुम्बासी आयोगका नाममा १३ लाखभन्दा धेरै खर्च भएको छ । तर सुकुम्बासीको समस्या भने ज्यूँका त्यूँ छन् ।

यो गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को सिलादिमा रहेको सुकुम्बासी बस्ती हो । मदनभण्डारी राजमार्गको छेउमै १४ परिवारको बसोबास छ । दुई दशकभन्दा धेरै समय भैसक्यो उनीहरु यस ठाउँमा बस्न थालेको तर जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । न त सरकारबाट कुनै सेवा सुविधा नै पाएका छन् । स्थानीय सरकार आए लगत्तै यस वडामा लगभग सबै घरमा बिजुली पुगेको वडा कार्यालयको दाबी छ । तर शिलादी टोलका यी १४ घर परिवार भने अहिलेसम्म टुकिकै साहरामा बस्न वाध्य छन ।

सबैको घरमा खानेपानीको धारा पुग्दा उनीहरु बर्खाको बेलामा मुल फुटेर आएको कुलोको पानी खान बाध्य छन । हिउँदको बेला कुलोको पानी सुक्छ खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।

चुनावको बेलामा बिभिन्न प्रलोभन देखाएर राजनीतिक दलहरु यो ठाउँमा पुग्छन् तर चुनाव पछि कोही पनि फर्किएर जाँदैनन् । स्थानीय सरकारको ५ वर्षको अवधि सकिन लाग्दा पनि सुकुम्बासीले त्यसको महशुस गर्न पाएका छैनन् ।

सरकार आफुले दिने सेवा सुविधा त परको कुरा सुकुम्बासीहरुले आफैंले बारीमा उब्जनि गरेको अन्न बालि समेत खान पाउदैनन् । अन्नबालि लगाएको ठाउँमा पनि विरुवा नर्सरी उत्पादन गर्ने भन्दै एकाएक डोजर लगाएर स्याहार्ने बेला भएको बालि सखाप पारिदिएको उनीहरुको गुनाशो छ ।

आफू बसोबास गर्दै आएको जग्गाको लालपूर्जा नहुदाँ उनीहरु आधारभूत सेवा सविधाबाट समेत वञ्चित हुँदै आएका छन । यो सबैसँग जानकारजनप्रतिनिधि र स्थानीय सरकार सुकुम्बासीका समस्यालाई अन्देखा गरिरहेका छन् ।

उनीहरुका समस्या समाधानका लागि गठन भएका आयोगहरु समेत कार्यकर्ता र कर्मचारी भरणपोषणमा लाग्दा भूमीसम्बन्धी समस्या समाधान हुन सकेको छैन । सुकुम्बासी तथा भूमीहिनको समस्या समाधान गर्न राज्य गम्भिर बन्नैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *