खेलकूद

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७८ कार्तिक १३ गते ९:१९
आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदै

१३ कात्तिक २०७८ दुबई । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुने भएका छन् ।

आजको पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुबईस्थित सारजहाँ क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ र यस्तै आजै हुने अर्को खेलमा इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्याण्ड र अस्टे«लियाबीचको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ । यसअघि, हिजो भएको खेलमा वेस्टइन्डिजले सुपर १२ मा पहिलो जीत निकालेको छ ।

लगातार दुई खेलमा पराजित रहेको डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले गएराति बङ्गलादेशलाई ३ रनले पराजित गरेको हो ।

हिजै भएको अर्को खेलमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्