खेलकूद

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने

हिमालय टिभी
२०७८ कार्तिक १२ गते १०:११
आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने

१२ कात्तिक २०७८ दुबई । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने भएका छन् ।

आजको पहिलो खेलमा वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच खेल हुनेछ ।

गएराति भएको खेलमा भने अष्ट्रेलियाले लगातार दोस्रो जीत निकालेको छ । दुबईमा गएराति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

यस जितसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको छ ।श्रीलंका २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *