खेलकूद

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

हिमालय टिभी
२०७८ कार्तिक १२ गते ७:५७
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

१२ कात्तिक २०७८ दुबई । अष्ट्रेलियाले आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेरा र चारिथ असलंकाले समान ३५ रन बनाए । यस्तै भानुका राजपाक्षे ३३ रनमा अविजित रहदा कप्तान डसुन शनकाले १२ रन बनाए ।

अष्ट्रेलियाका मिचेल मार्श,पाट कमिन्स र एडम जाम्पाले २–२ विकेट लिए । जीतसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको छ । समूह १ मा रहेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो । सुपर १२ मा श्रीलंकाको यो पहिलो हार हो । श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो । श्रीलंका २ अंक जोडेर समुहको चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्