विदेश
सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम मेटा राख्यो
२०७८ कार्तिक १२ गते ७:४८
१२ कात्तिक २०७८ न्युयोर्क । सोसल मिडिया फेसबुकले आफ्नो कर्पोरेट नाम बदलेर मेटा राखेको छ ।
नयाँ नामले आफ्नो कामलाई थप प्रस्ट पार्ने कम्पनीले जनाएको छ । कम्पनीले भर्चुअल रियालिटी जस्ता क्षेत्रमा कामको दायरा बढाउने समेत जनाएको छ ।
फेसबुकले हालै मात्र मेटावर्स को विकास गर्न यूरोपमा १० हजार जनशक्ति थपेको थियो । ठूला लगानीकर्ता र टेक कम्पनीले मेटावर्सलाई लिएर उत्साहित रहेको बताइन्छ ।
मेटावर्स एक कन्सेप्ट हो, जसलाई धेरै मानिसले इन्टरनेटको भविष्यसमेत बताएका छन् ।
मेटावर्समा सबै प्रकारको डिजिटल वातावरणमा जोड्ने भर्चुअल वर्ल्डमा समावेश हुनका लागि कम्प्यूटरको स्थानमा हेडसेटको उपयोग गर्न सकिने बताइएको छ । फेसबुकले मेटावर्सलाई आफ्नो ठूलो प्राथमिकता मध्ये एक बताएको छ ।
प्रतिक्रिया