खेलकूद
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका भिड्दै
२०७८ कार्तिक ११ गते ९:१७

११ कात्तिक २०७८ काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अस्टे«लिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । गएराति भएको खेलमा भने नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
यससँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ । स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
हिजो नै भएको पहिलो खेलमा भने इंग्ल्यान्ड विजयी भएको छ । बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।
प्रतिक्रिया