खेलकूद

साफ उपविजेता नेपाली टोली नगदसहित सम्मानित

हिमालय टिभी
२०७८ कार्तिक १० गते १९:३०
साफ उपविजेता नेपाली टोली नगदसहित सम्मानित

१० कात्तिक २०७८ काठमाडौं । १३ औं दक्षिण एसियाली फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगद सहित सम्मान गरिएको छ ।

नेपाली कांग्रेस तरुण विभागले खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो । विभागले खेलाडीलाई १० हजार र अफिसियल्सलाई ५ हजार रुपैयाँ प्रदान गरेको हो ।

सरकारले पनि उपविजेता टोलीका खेलाडीलाई जनही ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख दिने निर्णय गरिसकेको छ ।

माल्दिभ्समा सम्पन्न साफमा पहिलो पटक फाइनल पुगेको नेपाली टोली भारतसँग ३० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्