खेलकूद

मुख्य प्रशिक्षक अलमुताइरी थप तीन वर्ष नेपालमै रहने पक्का

हिमालय टिभी
२०७८ कार्तिक १० गते १७:५९
मुख्य प्रशिक्षक अलमुताइरी थप तीन वर्ष नेपालमै रहने पक्का

१० कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थप ३ वर्ष नेपालमै रहने भएका छन् ।

अलमुताइरीले सामाजिक सञ्जालमार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका हुन् ।

कतारमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फूटबल संघसँग भएको छलफलपछि नेपाली टोलीसँग सम्झौता थप गर्ने निर्णयमा पुगेको उनले बताए । अब छिट्टै २ वर्षको योजना प्रस्तुत गर्ने योजना रहेको उनले बताए ।

यसबीचमा नेपालले एएफसी एसियन कपको तेस्रो चरण खेल्ने तालिका पनि छ । कतार फूटबल संघको सहयोगमा गत चैतमा नेपाल आएका अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्