खेलकूद

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने

हिमालय टिभी
२०७८ कार्तिक १० गते ९:१६
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने

१० कात्तिक २०७८ दुबई । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछ ।

आजको पहिलो खेल इङग्लाण्ड र बंगलादेशबीच हुनेछ भने दोस्रो खेलमा स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल दुबईको शेख जायद क्रिकेट मैदानमा हुनेछ ।

गएराति भएको खेलमा भने न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ । समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।

हिजो नै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेष्टइन्डिजलाई हराएको छ । दुबईमा भएको खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्