खेलकूद

आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानको दोस्रो जित, न्यूजिल्याण्ड ५ विकेटले पराजित

हिमालय टिभी
२०७८ कार्तिक १० गते ८:२७
आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानको दोस्रो जित, न्यूजिल्याण्ड ५ विकेटले पराजित

१० कात्तिक २०७८ दुबई । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

विश्वकप अन्तर्गत समूह दुईको सुपर–टुवेल्भमा पाकिस्तानले न्यूजिल्याण्डमाथि ५ विकेटको जित निकालेको हो । १ सय ३५ रनको मध्यम लक्ष्य पाकिस्तानले ८ बल अगावै मात्र ५ विकेट गुमाएर भेट्टाएको थियो ।

उसका लागि मोहम्मद रिजवानले ३३ बनाए । त्यस्तै आसिफ अली २७ तथा शोयब मलिक २६ रनमा अविजित रहे । बलिङमा न्यूजिल्याण्डका इश सोधीले २ विकेट लिए ।

यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

न्यूजिल्याण्डका डेभोन कोन्वे र डार्य्ल मिचेलले समान २७–२७ रन जोड्दा कप्तान केन विलियम्सन २५ रनमा आउट भए । पाकिस्तानका हरिस राउफले ४ विकेट हात पारे । जितसँगै २ खेलमा ४ अंक जोड्दै पाकिस्तान समूहको शीर्ष स्थानमा पुगेको छ ।

यस अघि पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो । प्रतियोगितामा आज बंगलादेश र इंग्ल्याण्ड तथा नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्